नियम ४
सञ्चालक समितिको गठन
(१) कोषको व्यवस्थापन र सञ्चालक समिति देहाय बमोजिमको निजामती कर्मचारी कल्याणकारी कोष सञ्चालक समिति रहनेछ :–
(क) मुख्य सचिव, नेपाल सरकार – अध्यक्ष
(ख) सचिव, सामान्य प्रशासन मन्त्रालय – सदस्य
(ग) सचिव, कानून, न्याय, संविधान सभा तथा संसदीय मामिला मन्त्रालय – सदस्य
(घ) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – सदस्य
(ङ) महालेखा नियन्त्रक – सदस्य
(च) नेपाल सरकारले मनोनयन गरेको अवकाश प्राप्त व्यक्ति एक जना – सदस्य
(छ) नेपाल सरकारले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारी – सदस्य–सचिव
(२) उपनियम (१) को खण्ड (च) बमोजिम मनोनित सदस्यको पदावधि पद वहाली गरेको मितिले दुई वर्षको हुनेछ ।